काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले धुनिवेशी नगरपालिकाको विभिन्न स्थानीय विद्यालयहरुका सम्पूर्ण विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । कम्पनीले उक्त स्थानमा शिक्षाको महत्व दर्शाउने र सम्पूर्ण अभिभावकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।
विविध समस्याका कारण वर्षेनी सयौँ बालबालिकाहरुले बीचमै अध्ययन छोड्नु पर्ने समस्यालाई केही हदसम्म समाधान गर्ने र अभिभावकहरुमा जनचेतना फैलाउने उद्देश्यका साथ विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरिएको कम्पनीले जनाएको छ ।
यस सिमेन्ट्सले विगतका दिनहरुमा पनि यस्ता धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । गत वर्ष पनि यस कम्पनीले सो क्षेत्रमा एम्बुलेन्स वितरण गरेको थियो र आगामी दिनहरुमा पनि यस्तै विभिन्न सामाजिक कार्यहरु गर्ने प्रतिबद्घता जनाएको छ ।