यातायात व्यवसायीको अवैध असुली जारी, नयाँ बसपार्कमा बसबाट दैनिक ५० रुपैंया, वार्षिक ९० लाखको हिसाब खै ?

<p>काठमाडौं । राजधानीको नयाँ बसपार्कमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अवैध रुपमा बसको टिप शुल्क असुली जारी राखेको छ । यातायात सेवा बन्द नगर्ने र सिण्डिकेट हटाउने निर्णयको स्वागत गर्ने कागज गरेका व्यवसायीले अवैध रुपमा टिप शुल्क उठाउन थालेका हुन् । बसपार्कबाट बाहिरिने प्रत्येक बसबाट व्यवसायीले पटकैपिच्छे ५० रुपैंया शुल्क असुली गरिरहेका छन् । सिण्डिकेट [&hellip;]</p>

काठमाडौं । राजधानीको नयाँ बसपार्कमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अवैध रुपमा बसको टिप शुल्क असुली जारी राखेको छ । यातायात सेवा बन्द नगर्ने र सिण्डिकेट हटाउने निर्णयको स्वागत गर्ने कागज गरेका व्यवसायीले अवैध रुपमा टिप शुल्क उठाउन थालेका हुन् ।

बसपार्कबाट बाहिरिने प्रत्येक बसबाट व्यवसायीले पटकैपिच्छे ५० रुपैंया शुल्क असुली गरिरहेका छन् । सिण्डिकेट हटेपछि यातायात व्यवसायी समितिद्धारा उठाउदै आएको टिप शुल्क खारेज भएपछि व्यसायीले समितिको नाममा बसबाट अझै टिप शुल्क असुली गरिरहेका छन् । सरकारले समितिलाई नविकरण नगर्ने भएपछि ती सबै अवैध भइसकेका छन् ।

बसपार्कमामा कार्यरत एक कर्मचारीका अनुसार दैनिक ५०० बस सो पार्कबाट बाहिरिन्छन् । यो हिसाबले ५०० बसबाट दैनिक २५ हजार रुपैयाँ उठ्ने गर्दछ । यसबाट मात्रै मासिक रुपमा ७ लाख ५० हजार रुपैयाँ उठ्नेछ । १२ महिनाको हिसाब गर्ने हो भने यो रकम ९० लाख रुपैयाँ पुग्छ।

महासंघले यसरी उठाउने रकममा कुनै खर्च शिर्षक र आम्दानी शिर्षक तोकेको छैन । व्यवसायीहरुले २ वर्षअघि ३० रुपैंया लिदै आएको रकमलाई बढाएर ५० रुपैंया बनाएको हो ।

व्यवसायीलाई अवैध शुल्क उठाउने अधिकार नभएको यातायात व्यवस्था विभागका निर्देशक तुलसीराम अर्यालले बताए । उनले भने- व्यवसायीलाई अतिरिक्त शुल्क उठाउने कुनै कानूनी आधार छैन, यदि अवैध रकम उठाइरहेको छ भने यो ठगी मुद्दा अन्तर्गत पर्ने छ ।

राष्ट्र बैंकले व्यवसायीहरुको खाता बन्द गरेपनि व्यवसायीहरुले रकम असुली गरिरहेका छन् । तर बसपार्कमा काम गर्ने कर्मचारीहरुले भने तलब सेवासुविधा नपाएको बताएका छन् । बसपार्कमा एक रात बस्ने बसले ४५० रुपैंया ठेकेदार लोहत्से बहुउद्धेशिय प्राइभेट लिमिटेडलाई तिर्दै आएका छन् ।

बसपार्क भित्र टिकट बिक्रीमा बेथिति

बसपार्कमा अहिले ७० व्यवसायी तथा कम्पनीले बस सेवा दिइरहेका छन् । ७० कम्पनीको टिकटलाई एकिकृत गरी १६ वटा झ्यालबाट टिकट वितरण भैरहेको छ । अझै पनि यात्रुहरुले लाइनमा बसेर टिकट लिनुपर्ने बाध्यता छ । टिकट बेच्ने कर्मचारीले कम भाडादरमा चलाउने कम्पनीको टिकटलाई बढी दरमा बिक्री गरिरहेका छन् ।

Share News