अब औद्योगिक क्षेत्रमा पनि २४ सै घण्टा बिजुली

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटाएको छ । प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । चैत्रमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटाएको छ ।

प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ ।

चैत्रमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए । प्राधिकरणले वीरगञ्ज र विराटनगर औद्योगिक क्षेत्रमा परीक्षणको रुपमा लोडसेडिङ हटाएको थियो ।

सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताए ।

‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको बृद्धि,अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं, उनले, ‘अब मुलुकपूर्णरुपमा लोडसेडिङमुक्त भएको छ ।’ अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको घिसिङले जानकारी दिए ।

प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणकारुपमा काठडमाडौं उपत्यका लगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो । नेपाल राष्ट बैंकले विद्युतभार कटौती कम भएपछि औद्योगिक उत्पादन बढेको प्रतिवेदन सार्वजनिक गरेको छ । २४ सै घण्टा बिजुली आपूर्ति भएपछि उद्योगको उत्पादन बढ्ने छ ।

 

 

 

Share News