काठमाडौं । प्रभु बैंक लिमिटेडको थप शाखा ४ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङको निसीखोला र तमानखोला, दैलेखको भगवतीमाई र गुँरासमा गरी ४ वटा शाखाकार्यालय आइतबार(आज) देखि सञ्चालनमा ल्याएको हो ।
यी शाखाको उद्घाटन सम्वन्धित गाउँपालिकाका अध्यक्ष क्रमशः तारानाथ पौडेल, जोकलाल बुढा, दानबहादुर थापा र खेम राजओलीले गरेका हुन् ।
आजबाट सञ्चालनमा आएका शाखा कार्यालयहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उधमी, व्यवसायीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै, चारैवटा गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।