पौने ९ खर्ब आयत हुदा निर्यात ६० अर्ब मात्रै, २१ प्रतिशत बढ्यो ब्यापार घाटा

<p>काठमाडौं । गएको नौ महिनामा नेपालमा ८ खर्ब ७४ अर्ब रुपैयाँको आयात भएको छ । तर निर्यात ५९ अर्ब ७३ कराेड रुपैयाँको मात्रै भएको छ । भन्सार विभागको अनुसार चालु अर्थिक वर्षको नौ महिनाको अबधिमा मुलुकलाई ८ खर्ब १४ अर्ब रुपैयाँको ब्यापार घाटा भएको छ । उक्त व्यापार घाटा गएको वर्षको तुलनामा २१ प्रतिशत बढी [&hellip;]</p>

काठमाडौं । गएको नौ महिनामा नेपालमा ८ खर्ब ७४ अर्ब रुपैयाँको आयात भएको छ । तर निर्यात ५९ अर्ब ७३ कराेड रुपैयाँको मात्रै भएको छ ।
भन्सार विभागको अनुसार चालु अर्थिक वर्षको नौ महिनाको अबधिमा मुलुकलाई ८ खर्ब १४ अर्ब रुपैयाँको ब्यापार घाटा भएको छ । उक्त व्यापार घाटा गएको वर्षको तुलनामा २१ प्रतिशत बढी हो ।

व्यापार घाटा बढ्दो क्रममा छ । गएको आर्थिक वर्ष २०७३/७४ को सोही अबधिमा विभिन्न मुलुकहरुसँग नेपालको व्यापार घाटा ६ खर्ब ७० अर्ब रुपैयाँ मात्रै थियो । अहिले बढेको हो । सरकारले पछिल्लो समय व्यापार घाटा घटाउने विभिन्न नाराहरु ल्याए पनि घाटा घट्न सकेको छैन, ठीक उल्टो बढिरहेको देखिन्छ ।

गएको वर्षभन्दा अहिले समग्र व्यापार २० प्रतिशत बढेको छ । गएको वर्षको नौ महिनामा ७ खर्ब ८० अर्ब रुपैयाँको विभिन्न मुलुकहरुसँग व्यापार भएकोमा यो वर्ष बढेर ९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।

भारतबाट मात्रै ६६ प्रतिशत आयात

कुला आयातको ६६ प्रतिशत हिस्सा छिमेकी मुलक भारतबाट मात्रै आयत हुने गरेको छ । गएको नौ महिनामा भारतबाट मात्रै ५ खर्ब ७६ अर्ब रुपैयाँको आयत भएको विभागको तथ्याङकमा देखिन्छ ।

दोस्रो बढी छिमेकी मुलुक चीनबाट आयात भएको छ । चीनबाट सो अबधिमा १ खर्ब १३ अर्ब रुपैयाँको विभिन्न वस्तु/सामानहरुको आयात भएको हाे ।

ती दुई मुलकहरुमा नेपालबाट भने गाएको नौ महिनामा क्रमशः ३४ अर्ब र २ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । आयत र निर्यातलाई तुलना गर्दा भारतसँग ५ खर्ब ४१ अर्ब भने चीनसँग १ खर्ब ११ अर्ब रुपैयाँ ब्यापार घाटा देखिन्छ ।

त्यस्तै गएको वर्षको नौ महिना र चालु वर्षको सोही अबधिलाई तुलना गर्दा अहिले निर्यातभन्दा आयात ११ गुणा बढी छ । कुल व्यापारको ९४ प्रतिशत आयत भएकोमा निर्यातको हिस्सा ६ प्रतिशत मात्रै छ ।

Share News