काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा गरी चारवटा शाखा तथा रसुवाको धुन्चेमा एक्स्टेन्सन काउन्टर खोलेको छ । यीसँगै अब बैंकको शाखा संख्या ७० वटा पुगेको छ भने एक्स्टेन्सन काउन्टर पाँचवटा पुगेको छ ।

दोलखाको सिंगटी, पाचथरको राँके, नुवाकोटको चोकदे तथा रामेछापको लिखूमा बैंकले आफ्ना क्रमश ६७औं, ६८औं, ६९औं र ७०औं शाखा विस्तार गरेको हो ।
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो ।
हाल प्रदेश नम्वर १ मा ९ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३४ वटा, प्रदेश नम्वर ४ मा ६ वटा, प्रदेश नम्वर ५ मा ७ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा रहेको छ । साथै, बैंकले भविष्यमा देशका विभिन्न क्षेत्रमा थप शाखा खोली शाखा संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।