काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लि.को ३० प्रतिशत हकप्रद सेयर आगामी जेठ १६ गतेदेखि आउने भएको छ । संस्थाले १० कित्ता बराबर ३ कित्ताको अनुपातमा अंकित मूल्य एक सय रुपैंयाँको २ लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।
आगामी जेठ ३ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताहरुले सो मात्राको हकप्रद भर्न सक्नेछन् । संस्थाले असार १९ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।
हाल कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रदको लागि वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड लगायत तथा यसका सम्पूर्ण शाखा कार्यालयहरु र काठमाडौंको नक्साल, नारायणचौरमा रहेको सिद्धार्थ क्यापिटल लि. बाट आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिन आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वा प्रणाली मार्फत समेत आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ ।