वोमी माइक्रोफाइनान्सद्वारा बेकरी तालिम

<p>काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले बेनीघाट शाखा, धादिङमा एक दिने ब्यवसायिक बेकरी बनाउने तालिम दिएको छ । नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्य क्षेत्रमा लघुवित्त कार्यक्रम विस्तार गर्नका लागि स्वीकृति प्राप्त गरेपछि शनिबार संस्थाले तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमका प्रशिक्षक हरीमाया शाही ठकुरीले बेकरीका विविध उत्पादनहरु बनाएर शाखाका २३ जना सदस्यहरुलाई तालिम [&hellip;]</p>

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले बेनीघाट शाखा, धादिङमा एक दिने ब्यवसायिक बेकरी बनाउने तालिम दिएको छ । नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्य क्षेत्रमा लघुवित्त कार्यक्रम विस्तार गर्नका लागि स्वीकृति प्राप्त गरेपछि शनिबार संस्थाले तालिम प्रदान गरेको हो ।

तालिम कार्यक्रमका प्रशिक्षक हरीमाया शाही ठकुरीले बेकरीका विविध उत्पादनहरु बनाएर शाखाका २३ जना सदस्यहरुलाई तालिम दिएको थियो ।

त्यस्तै तालिम कार्यक्रममा शाखा प्रमुख चुडामणी ढुङगानाले तालिमको पुर्ण सदुपयोग गरी आफ्नो आयस्तर बृद्धि गर्न सकिने विषयमा सदस्यहरुलाई उत्प्रेरित गरेका थिए ।

संस्थाले शाखा कार्यालयहरुमा समय सापेक्ष विभिन्न शिपमुलक तालिमहरु प्रदान गर्दै आइरहेको छ । हालसम्म फुलमाला बनाउने, दालमोठ बनाउने, कृषि तथा पशुपालन, स्थास्थ्य लगायतका तालिमहरु प्रदान गर्दै आएको जनाएको छ ।

अहिलेसम्म संस्थाका विभिन्न २४ जिल्लामा ३२ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन् । उक्त शाखाहरुबाट २४ हजार ५ सय सदस्यमा उठाउन बाँकी लघु कर्जा रु १ अरब १८ करोड तथा बचत परिचालन रु ४२ करोड रहेको जनाएको छ ।

संस्थाले निकट भविष्यमा देशका विभिन्न ग्रामिण क्षेत्र लक्षित स्थानहरुमा शाखा कार्यालय विस्तार गर्ने योजना अघि बढाएको छ ।

 

Share News