काठमाडौं । चितवनमा रहेको भाटभटेनीकमा अज्ञात समुहले ग्रीनेड बम प्रहार गरेको छ । भाटभटेनीमा आइतबार बिहान पौने ४ बजे बम विस्फोट भएको हो ।

बम विस्फोटनबाट भवनको बाहिरी भागमा क्षति पुगेको भाटभटेनीका सिइयो पानु प्रसाद पौडेल बताए । भवनको पुर्वीभागको सिसामा क्षति पुगेको छ, तर भित्री भागमा कुनै असर नपरेको सिइयो पौडेलले जानकारी दिए ।
बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।