२०१९ पछि कोलकत्ताको कन्टेनर सिँधै चोभारमा, २ अर्ब लागतमा सुख्खा बन्दरगाह बन्दै

<p>काठमाडौं । सन २०१९ पछि कोलकत्ताबाट समान ल्याउने कन्टेनरहरु सिधै चोभारमा आउने भएका छन् । विश्व बैंकको २ अर्ब १४ करोेड सहयोगमा ४६४ वटा कन्टेनर अटाउने सुख्खा बन्दरगाह तयार हुन लागेको हो । इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर हरे कृष्ण मिश्रका अनुसार सन २०१९ को डिसेम्बरमा चोभारको बन्दरगाह निर्माण सम्पन्न हुनेछ । बन्दरगाह निर्माण भएपछि [&hellip;]</p>

काठमाडौं । सन २०१९ पछि कोलकत्ताबाट समान ल्याउने कन्टेनरहरु सिधै चोभारमा आउने भएका छन् । विश्व बैंकको २ अर्ब १४ करोेड सहयोगमा ४६४ वटा कन्टेनर अटाउने सुख्खा बन्दरगाह तयार हुन लागेको हो ।

इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर हरे कृष्ण मिश्रका अनुसार सन २०१९ को डिसेम्बरमा चोभारको बन्दरगाह निर्माण सम्पन्न हुनेछ ।

बन्दरगाह निर्माण भएपछि कोलकत्ता, फुलबारी वा विसखापट्नम लगायतका बन्दरगाहबाट नेपाल आउने समान सिधै चोभारमा ल्याउन सकिनेछ । चोभार बन्दरगाहको २ भागमा बाँडेर ठेक्का आव्हान गरिएको थियो । दुबै खण्डको निर्माणका लागि आवेदन दिएका ठेकेदारका प्रस्तावहरु यतिबेला मूल्यांकनको चरणमा रहेका छन् । ‘दुई भागमा बाँडेर ठेक्का आव्हान गरेका थियौं, दरखास्त दिएका कम्पनीहरुको प्रस्ताव धमाधम मूल्यांकन भैरहेको छ’, इञ्जिनियर मिश्रले विकासन्युजसँग भने ।

दुबै खण्डको निर्माण जुन महिनादेखि आरम्भ गर्ने तयारीका साथ काम अघि बढाएको पनि मिश्रले जानकारी दिए । पहिलो खण्डको कामका रुपमा सुख्खा बन्दरगाहका संरचना निर्माण र दोश्रो खण्डका रुपमा भन्सार, क्वार्टरहरुको निर्माण हुनेछ ।  करिब २ सय रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाहको निर्माण हुनेछ ।

 

Share News