बीपीसीको नाफा ४ प्रतिशत घट्यो, ९ महिनामा ६५ करोड ७७ लाख

<p>काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को नाफा ४ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको चैतसम्म बीपीसीले ६५ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६८ करोड ३५ लाख रुपैयाँ नाफा गरेको थियो । सञ्चालन आम्दानीमा भएको गिरावटले यसको असर नाफामा परेको हो । नाफा घटेपछि कम्पनीको [&hellip;]</p>

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को नाफा ४ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको चैतसम्म बीपीसीले ६५ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६८ करोड ३५ लाख रुपैयाँ नाफा गरेको थियो ।

सञ्चालन आम्दानीमा भएको गिरावटले यसको असर नाफामा परेको हो । नाफा घटेपछि कम्पनीको प्रतिसेयर आम्दानीमा कमी आई ३६ रुपैयाँ ३३ पैसामा झरेको छ । गत वर्षको सोही अवधिमा ३७ रुपैयाँ ७५ पैसा थियो ।

कम्पनीले थप निष्सकासन (एफपीओ) जारी गरेका कारण संचित कोष ९९ प्रतिशत बढेर ४ अर्ब ६४ करोड ८९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा संचित कोषमा २ अर्ब ३३ करोड रुपैयाँ थियो ।

कम्पनीले बिजुली बिक्रीबाट मात्र ५३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यसबाहेक हिमाल पावर लिमिटेडबाट ४९ करोड ६० लाख रुपैयाँ लाभांश पाएको छ ।

बीपीसीले ३० मेगावाटको न्यादी, ३७.६ मेगावाटको कावेली ए आयोजना निर्माण गरिरहेको छ । यस्तै ८ मेगावाटको चिनोखोला, १०० मेगावाटको मनाङ–मस्र्याङदी, २०० मेगावाटको मुगु–कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।

अागामी ५ वर्षमा २ अर्ब रुपैयाँ जलविद्युतमा लगानी गरी १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले ३ वटा चिनियाँ कम्पनीको साझेदारीमा एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि गठन भइसकेको छ । संयुक्त कम्पनीले ८६२ मेगावाट क्षमताको २ आयोजना खरिद गरिसकेको छ ।

Share News