जलविद्युत लगानी तथा विकास कम्पनीको नाफा ६२ करोड ५५ लाख

<p>काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा नाफा बढाएको छ । गत चैतसम्म कम्पनीले ६२ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४१ करोड ६६ लाख रुपैयाँ खुदनाफा गरेको थियो । निक्षेप र कर्जाको ब्याजदर बढेपछि कम्पनीको नाफामा बढेत्तरी भएको हो । कम्पनीले बैंकमा राखेको [&hellip;]</p>

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा नाफा बढाएको छ । गत चैतसम्म कम्पनीले ६२ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीले ४१ करोड ६६ लाख रुपैयाँ खुदनाफा गरेको थियो । निक्षेप र कर्जाको ब्याजदर बढेपछि कम्पनीको नाफामा बढेत्तरी भएको हो ।

कम्पनीले बैंकमा राखेको निक्षेपबाट ८८ करोड ९१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै लगानीबाट ७ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको कम्पनीले जनाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ३४ पैसा पुगेको छ ।

Share News