सर्वेकाे तीन दशकपछि प्रधानमन्त्रीद्वय ओली र मोदीले शिलान्यास गरे अरुण तेस्रो

<p>काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनको शिलन्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संयुक्त रुपमा उक्त आयोजना शिलान्यास गरेका हुन् । दुई देशका दुई समकक्षीमन्त्रीबीच भएको वानटुवान वैठकपछि प्रधानमन्त्रीद्वयले होटल द्वारिकाजबाट रिमोट कन्ट्रोल स्वीचको सहायताले आयोजनाको शिलान्यास गरेका छन् । शिलान्यास गरिएसँगै १० वर्षपछि भारतीय सरकारी कम्पनी सतलज [&hellip;]</p>

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनको शिलन्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संयुक्त रुपमा उक्त आयोजना शिलान्यास गरेका हुन् ।

दुई देशका दुई समकक्षीमन्त्रीबीच भएको वानटुवान वैठकपछि प्रधानमन्त्रीद्वयले होटल द्वारिकाजबाट रिमोट कन्ट्रोल स्वीचको सहायताले आयोजनाको शिलान्यास गरेका छन् ।

शिलान्यास गरिएसँगै १० वर्षपछि भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगमले अरुण तेस्रो आयोजना निर्माणको जिम्मा पाएका छन् ।

आयोजनाको प्रस्तावित बाँधस्थल संखुवासभाको थाक्सिन्डा दोभान हो । आयोजनाको प्रारम्भिक सर्वे भएको तीन दशक पुगेको छ । तीन दशकपछि शुक्रबार आयोजनाको निर्माणका लागि शिलान्यास भएको हाे । सन् १९८७ मा जापान इन्टरनेसल कोपरेसन् एजेन्सी (जाइका) ले गरेको प्रारम्भीक सर्वेमा यो आयोजना ४ सय ४ मेगावाटको बन्न सक्ने र उसबेला यसको लागत १ अर्ब ८ करोड अमेरीकी डलर आँकलन गरिएको थियो ।

Share News