नेपाल बङ्गलादेश बैंकको एकैदिन ४ शाखाहरु सञ्चालनमा, शाखा संख्या ६२ पुग्याे

<p>काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा सर्लाही र रौतहटमा थप चार शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको ब्रम्हापूरी, कौडेना, विष्णु(सिमरा) र रौतहटको चन्द्रनिगाहपुर, मा आफ्नो ५९, ६०, ६१ र ६२औं शाखाहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन बैंकका संचालक माधवप्रसाद न्यौपानेले गरेको हुन् । साथै यी शाखाहरुबाट सर्वसाधारण [&hellip;]</p>

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा सर्लाही र रौतहटमा थप चार शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको ब्रम्हापूरी, कौडेना, विष्णु(सिमरा) र रौतहटको चन्द्रनिगाहपुर, मा आफ्नो ५९, ६०, ६१ र ६२औं शाखाहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन बैंकका संचालक माधवप्रसाद न्यौपानेले गरेको हुन् । साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

यी चार शाखाहरुसहित बैंकले ६२ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित बैँकिङ्ग सेवा तथा ५० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

Share News