काठमाडौं । प्रभु इन्स्योरेन्स लि. र सिनर्जी फाइनान्स लि.ले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले यी दुई कम्पनीलाई कुल ४३ करोड ५२ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति दिएको हो ।
बोर्डको अनुमति अनुसार प्रभु इन्स्योरेन्सले (४६ प्रतिशत) ३१ करोड ६६ लाख ६७ हजार ७६३ रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । इन्स्योरेन्सले बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्फत ३१ लाख ६६ हजार कित्ता सेयर निष्काशन गर्नेछ ।
त्यस्तै, सिनर्जी फाइनान्सले पनि २५ प्रतिशत हकप्रद सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्फत जारी गर्ने भएको छ । संस्थाले ११ लाख ८६ हजार कित्ता सेयर ११ करोड ८६ लाख २ हजार २४७ रुपैयाँमा जारी गर्न लागेको हो ।
यी दुबै कम्पनीले आ–आफ्नो पुँजी वृद्धि गर्न सो मात्राको सेयर जारी गर्ने प्रक्रिया अघि बढाएका हुन् ।