काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको आठौँ शाखा हर्कपुरको गैँडाकोटमा विस्तार भएको छ । बिहीबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन भएको थियो ।

केन्द्रिय कार्यालय काठमाडौंको डिल्लीबजारमा रहेको यस फाइनान्सको हाल विराटनगर, हर्कपुर, रजहर, कावासोती डण्डा, भैरहवा, तौलिहवा तथा ओदारी, कपिलवस्तुमा गरि ८ वटा शाखा सञ्चालनमा रहेका छन् । साथै, संस्थाले छिट्टै देशका विभिन्न पाँच स्थानमा शाखा विस्तारको क्रममा रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २१ लाख, निक्षेप ३ अर्ब ४३ करोड तथा कर्जा लगानी ३ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।