काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रक्सौल काठमाडौं रेलमार्गको निर्माण छिट्टै अघि बढ्ने बताएका छन् । जनकपुरमा नागरिक अभिनन्दनपछि मन्तव्य राख्दै मोदीले भने-बिहारको रक्सौलदेखि काठमाडौंलाई रेल नेटवर्कमा जोड्दैछौं । त्यो काम चाँडै अघि बढ्छ ।’
मोदीले जनकपुर-जयनगर रेलमार्ग निर्माणको काम यसै बर्ष सम्पन्न हुने र नेपाललाई भारतको बिशाल रेलवे नेटवर्कमा जोडिने पनि बताए ।
मोदीले नेपाल र भारत जल, थल र नभबाट जोडिने चरणमा पुगिसकेको पनि बताए ।