काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आईपुगेका छन् । मोदीलाई जनकपुर विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् । मोदी विमानस्थलबाट सिधै जानकी मन्दिर प्रस्थान गरेका छन् । मन्दिरमा मोदीलाई प्रधानमन्त्री केपी ओलीले स्वागत गर्नेछन् ।
मोदी र ओलीले जानकी मन्दिरमा संयुक्तरुपमा पुजा गर्नेछन् । त्यसपछि जनकपुर उप महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन ग्रहण गरेर मोदी काठमाडौं आउनेछन् ।