महालक्ष्मी विकास बैंकद्धारा दन्त शिविर तथा पुस्तक वितरण सम्पन्न

<p>काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले न्यूरोडस्थित हिमालयन माध्यमिक विद्यालयमा दन्त शिविर तथा मुखको स्वास्थ्य सम्वन्धि अभिमुखिकरण तथा पुस्तक वितरण कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । बैंकले आर्थिक सहयोग तथा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरको प्राविधिक सहयोग र जागरुकता समाज नेपालको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा कक्षा [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले न्यूरोडस्थित हिमालयन माध्यमिक विद्यालयमा दन्त शिविर तथा मुखको स्वास्थ्य सम्वन्धि अभिमुखिकरण तथा पुस्तक वितरण कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । बैंकले आर्थिक सहयोग तथा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरको प्राविधिक सहयोग र जागरुकता समाज नेपालको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १० सम्मका गरी ११५ जना विद्यार्थीहरुको दन्त परिक्षण गरिएको थियो । यस बैंकका न्यूरोड शाखा प्रमुख हरेकृष्ण वाग्लेले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस विद्यालयमा अध्ययनरत जेहन्दार तथा आर्थिक रुपमा कमजोर परिवारका ८ जना विभिन्न कक्षाका विद्यार्थीहरुलाई पाठ्यपुस्तक सामग्री वितरण गरेको थिए ।

विद्यालयका प्रधानाध्यापक हिरालक्ष्मी श्रेष्ठले यस कार्यक्रमले विद्यालयका बालबालिकाहरु आफ्नो स्वास्थ्यप्रति सचेत हुनुका साथै आर्थिक अवस्था कमजोर भएका परिवारका वालवालिकाहरुलाई धेरै सहयोग पुगेको बताएका छन् ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

 

Share News