झापामा घडेरी किन्ने हो ? ५० हजारमै पाइन्छ १ धुर

<p>काठमाडौं । झापामा राष्ट्रिय आवास कम्पनी लिमिटेडले ४४ प्लट घडेरी बिक्री गर्न लागेको छ । कम्पनीसँग रहेको ४६७०९.६१ वर्ग किलोमिटर जग्गालाई तीन भागमा विभाजन गरी प्लटिङको काम सुरु भएको छ । झापाको जोरीमल र पृथ्वीनगरमा रहेको करिब २ हजार ९१९ धुर जग्गालाई क, ख, ग र उच्च मध्यम निम्न गरी ३ भागमा विभाजन गरिएको छ [&hellip;]</p>

काठमाडौं । झापामा राष्ट्रिय आवास कम्पनी लिमिटेडले ४४ प्लट घडेरी बिक्री गर्न लागेको छ । कम्पनीसँग रहेको ४६७०९.६१ वर्ग किलोमिटर जग्गालाई तीन भागमा विभाजन गरी प्लटिङको काम सुरु भएको छ । झापाको जोरीमल र पृथ्वीनगरमा रहेको करिब २ हजार ९१९ धुर जग्गालाई क, ख, ग र उच्च मध्यम निम्न गरी ३ भागमा विभाजन गरिएको छ ।

घडेरी बढाबढको आधारमा नागरिक तथा संस्थाले खरिद गर्न सक्ने कम्पनीका लेखा प्रमुख अश्विनीकुमार खड्काले बताए ।

जोर्सीमलम रहेको उच्च जग्गााई प्रतिधुर ५२ हजार ५००, मध्यमलाई ५० हजार, निम्नलाई ४७ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी पृथ्वीनगरमा रहेको ‘क’ श्रेणीको जग्गालाई प्रति वर्गमिटर १ हजार ९००, ‘ख’ श्रेणीको जग्गालाई प्रतिवर्ग मिटर १ हजार ७०० र ‘ग’ श्रेणीको जग्गालाई प्रतिवर्ग मिटर १ हजार ४०० रुपैंया तोकेको छ ।

जग्गा लिनको लागि कम्पनीले केहि दिनमै सूचाना प्रकाशित गर्ने कम्पनीका बताए । सूचना प्रकाशित भएको ३० दिनभित्रमा आफुले तिर्न सक्ने रकम कबोल गरी फारम भर्नु पर्नेछ ।

यसरी भरिएको फारम ३१ औं दिनको २ बजे खुल्नेछ । बोलपत्रको नतिजा आएको ३५ दिनमा सबै रकम कम्पनीको खातामा जम्मा भैसक्नु पर्नेछ । ३५ दिनभित्रमा रकम जम्मा गर्न नसकेमा १० प्रतिशत रकम कम्पनीले जफत गर्नेछ भने व्यक्तिको जग्गा दाबी समेत रद्ध हुने प्रमुख खड्काले जानकारी दिए । सो प्लटिङमा ग्राभेल सडक, बिजुली, खानेपानी, पार्क, ढलनिकास र नगरपालिका मापदण्डको सडकलगायतका पुर्वाधार तयार गरिएको छ । जग्गाबाट उठेको २५ प्रतिशत रकम त्यँहीको पुर्वाधार विकासमा लगानी हुने उनले जानकारी दिए ।

यसअघि लिमिडेडले काभ्रेको धुलिखेलमा २६ वटा घडेरी बिक्री तयारी गरेको छ । लिमिटेडले क र ख श्रेणीका १३० आना भन्दा बढी घडेरी बिक्री गर्न लागेको हो । लिमिटेडले क श्रेणीका ५ आनाका २ वटा घडेरी र ख श्रेणीका ५ आनाका २४ वटा घडेरी बिक्रीमा राखेको छ । क श्रेणीका खडेरीलाई प्रतिप्लट न्युनतम ३६ लाख ४७ हजार ४ सय ३८ तोकेको छ । त्यस्तै ख श्रेणीको प्रतिप्लट घडेरीको न्युनतम ३३ लाख ६६ हजार ८ सय ३६ तोकेको छ ।

क श्रेणीको प्रति आना घडेरको ७ लाख २९ हजार ४ सय ८७ पर्नेछ भने ख श्रेणीको प्रतिआना घडेरीको ६ लाख ७३ हजार पर्नेछ । यसैगरी क श्रेणीको प्रतिवर्गमिटर घडेरी २१ हजार ४ सय ५५ पर्नेछ भने ख श्रेणीको प्रतिवर्गमिटर घडेरीको १९ हजार ८ सय ५ पर्नेछ । शाखा प्रमुख खड्काका अनुसार बोलपत्र आवेदन दर्ता गर्दा किन्न चाहेको घडेरीको १० प्रतिशत रकम पहिलेनै कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ ।

Share News