काठमाडौं । गण्डकी विकास बैंकको थप शाखा नयाँ बानेश्वरमा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले गरेका छन् ।

कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीले पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम बढ्दै गएकोले संस्थागत सुशासन, जोखिम व्यवस्थापन, तरलता तथा कर्मचारी तालिममा विशेष ध्यान दिनुपर्ने बताए । बैंकले उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ ।
बैंकको हाल ५९ वटा शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ् सुविधा दिँदै आएको छ । साथै बैंकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणाधिन अवस्थामा रहेका छन् । बंैकले यी शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैंकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट बैकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।