सेयर बजार ओरालो लाग्ने क्रम जारी, सबै समूह राताम्मे

<p>काठमाडौं । केही दिनयता सेयर बजार निरन्तर ओरालो लागेको छ । साताभरको बजारमा उतारचढाव देखिएको छ । सो अवधिमा मंगलबार बाहेक अन्य ४ दिनको बजार ओरालो लागेका छन् । अन्ततः साताको अन्तिम कारोबारमा(बिहीबार) नेप्से परिसूचक ७.७० अंकले घटेर १३४८ अंकमा झरेको छ । सो दिनको बजार ०.५७ प्रतिशतले घटेको हो । बजारमा कुल १६१ कम्पनीको [&hellip;]</p>

काठमाडौं । केही दिनयता सेयर बजार निरन्तर ओरालो लागेको छ । साताभरको बजारमा उतारचढाव देखिएको छ । सो अवधिमा मंगलबार बाहेक अन्य ४ दिनको बजार ओरालो लागेका छन् । अन्ततः साताको अन्तिम कारोबारमा(बिहीबार) नेप्से परिसूचक ७.७० अंकले घटेर १३४८ अंकमा झरेको छ । सो दिनको बजार ०.५७ प्रतिशतले घटेको हो ।

बजारमा कुल १६१ कम्पनीको ३५ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा एक करोड रुपैयाँ बढी हो । बिहीबारको बजारमा कुल ७ लाख ७३ हजार २१० कित्ता सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड २२ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।

त्यस्तै, सो दिन कारोबारमा आएका ९ वटै सूचक राताम्मे भएका छन् । जसमध्ये बीमा समूहको सूचक सबैभन्दा बढी ६९ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल ३१, हाइड्रोपावर २५ र माइक्रोफाइनान्स १४ अंकले घटेका छन् भने बाँकी समूह सामान्य अंकले झरेका छन् ।

बजारमा सबैभन्दा बढी नेरुडे लघुवित्त विकास बैंकको ४.२५ प्रतिशतले सेयर मूल्य घटेको छ । सो दिन समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ५.९५ प्रतिशत कमाएका छन् ।

Share News