सेयर बजार घट्दा जीबन बीमा कम्पनीको नाफामा गिरावट, नेपाल लाइफले गर्यो २० करोड नोक्सानी व्यवस्था

<p>काठमाडौं । सेयर बजार घटेपछि अधिकांश जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाफामा गिरावट आएको छ । पछिल्लो समयमा सेयर बजारमा निरन्तर गिरावट आएपछि जीवन बीमा व्यवसाय गर्ने अधिकांश कम्पनीको असर नाफामा परेको हो । जीवन बीमा कम्पनीले १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था छ । बजार घटेका कारण नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले [&hellip;]</p>

काठमाडौं । सेयर बजार घटेपछि अधिकांश जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाफामा गिरावट आएको छ । पछिल्लो समयमा सेयर बजारमा निरन्तर गिरावट आएपछि जीवन बीमा व्यवसाय गर्ने अधिकांश कम्पनीको असर नाफामा परेको हो । जीवन बीमा कम्पनीले १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था छ ।

बजार घटेका कारण नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा २० करोड ३८ लाख रुपैयाँ नोक्सानीको व्यवस्था गरेको छ । ठुलो रकम कर्जा नोक्सानीमा राख्नु पर्दा नेपाल लाइफको चालु आर्थिक वर्षको ९ महिनामा नाफा ६.३७ प्रतिशत मात्र बढेको छ ।

गत चैतसम्म कम्पनीले ४३ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४० करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको चैतसम्म नेपाल लाइफले ८२ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ५४ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

नोक्सानी व्यवस्था नगरेको भए २० करोड ३८ लाख रुपैयाँ नाफामा बढ्ने थियो । सेयर बजार घट्दै गएपछि बुक भ्यालुमा नोक्सान देखिएको नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झा बताउछन् ।

कम्पनीले हालसम्म ६३ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चालु आवमा मात्रै १० अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीसंग हालसम्म ११ लाख १२ हजार ५७९ बीमालेख रहेको छ ।
अधिकांश बीमा कम्पनीले सेयरमा लगानी गरेका छन् ।

“१० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था हुँदाहुँदै हामीले ४ प्रतिशत मात्र सेयर बजारमा लगानी गर्दा २० करोड बढी नेक्सानीको व्यवस्था गर्नुपरेको छ” उनले भने “२ वर्षअघि सेयर बजार बढ्दा ५० करोड रुपैयाँ कमाएका थियौ अहिले घटेको छ ।”

सेयर बजार बढेपछि यसको कर्जा नोक्सानीबाट सो रकम नाफामा फिर्ता हुने उनको भनाई छ । १ हजार ८८१ अंक पुगेको सेयर बजार अहिले घटेर १ हजार ३५० अंकमा छ ।

Share News