काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले २१ करोड ५९ लाख ७० हजार रुपैयाँको हकप्रद जारी गर्ने भएको छ । संस्थाले सो मात्राको सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अन्तिम अनुमति पाईसकेको छ ।
बोर्डको अनुमति अनुसार कम्पनीले ६० प्रतिशत (अर्थात २१ लाख ५९ हजार ७०० कित्ता) सेयर निष्काशन गर्ने भएको छ । उक्त सेयर जारी गर्न कम्पनीको धितोपत्र तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीएल एस क्यापिटल रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३५ करोड ९९ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ५७ करोड ५९ लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५९ रुपैयाँ रहेको थियो ।