साउथ एसियन कन्ट्रिज एसएमई फोरमको नेतृत्वमा घरेलु महासंघलार्इ, अध्यक्ष सुरेश प्रधान

<p>काठमाडौँ । साउथ एसियन कन्ट्रिज एसएमई फोरमको यसपटकको नेतृत्व आगामी दुई वर्षका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघले लिएको छ । महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले उक्त नेतृत्व लिएका हुन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसिएसआई), भारतको फेडेरेशन अफ एसोसिएसन अफ कटेज एण्ड स्मल इन्डष्ट्रिज (एफएसिएसआई), बंगलादेशको नेशनल एसोसिएसन अफ स्मल एण्ड [&hellip;]</p>

काठमाडौँ । साउथ एसियन कन्ट्रिज एसएमई फोरमको यसपटकको नेतृत्व आगामी दुई वर्षका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघले लिएको छ । महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले उक्त नेतृत्व लिएका हुन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसिएसआई), भारतको फेडेरेशन अफ एसोसिएसन अफ कटेज एण्ड स्मल इन्डष्ट्रिज (एफएसिएसआई), बंगलादेशको नेशनल एसोसिएसन अफ स्मल एण्ड कटेज इन्डष्ट्रिज अफ बंगलादेश (एनएएससीआइबी) र भुटानको भुटान चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिको अगुवाईमा सन् २००५ मा भारतको कोलकतामा स्थापना भएको साउथ एसियन कन्ट्रिज एसएमई फोरमको नेतृत्व नेपाल घरेलु तथा साना उद्योग महासंघले लिएको हो ।

हालै काठमाडौंमा सम्पन्न तेस्रो सम्मेलनले फोरमको अध्यक्षमा महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानलाई चुनेको हो । सम्मेलनमा भारत, बंगलादेश, श्रीलंकाका साना तथा मभौला व्यवसायीका छाता संस्थाका प्रतिनिधि र छिमेकी राष्ट्र चीनका साना तथा मझौला व्यवसायी पर्यवेक्षकको रुपमा उपस्थिति रहेको थियो ।

यसअघि फोरमको नेतृत्व सम्हालिरहेका बंगलादेशको नेशनल एसोसिएसन अफ स्मल एण्ड कटेज इन्डष्ट्रिज अफ बंगलादेश (एनएएससीआइबी) का अध्यक्ष मिर्जा नुरुल घानी सोभोन तेस्रो सम्मेलनबाट महासंघका निवर्तमान अध्यक्ष प्रधानलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।

फोरममा नेपाल र महासंघकोतर्फबाट उपाध्यक्षद्घय शोभा गुरुङ र शिवप्रसाद कट्टेललाई चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा श्यामप्रसाद गिरी, मुकेश उपाध्याय, मोहन कटुवाल, डम्बरप्रसाद रेग्मी, महेन्द्रबहादुर चित्रकार, जानकी प्रधान, सदस्य एवं नेपाल च्याप्टरको प्रवक्तामा गौतमप्रसाद भुषाललाई चयन गरिएको बताइएको छ ।

फोरमको दोस्रो सम्मेलन सन् २०१६ को जनवरी महिनामा बंगलादेशमा सम्पन्न भएको थियो भने काठमाडौंमा हालै सम्पन्न तेस्रो सम्मेलनको मूल विषय ‘एक्सपाण्डिङ एमएसएमईज लिंकेज वियोण्ड द बोर्डर’ मा छलफल भएको थियो ।

फोरमको पहिलो बैठकले नेपाल च्याप्टरको सचिवालय नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रिय कार्यालयमा राख्ने निर्णय गरेको छ । नेपालमा साना तथा मझौला उद्योग व्यवसायको क्षेत्रमा काम गर्ने इच्छुक संघ संस्थाको प्रतिनिधिहरुलाई पनि नेपाल च्याप्टरमा सहभागी हुन आमन्त्रण गर्ने निर्णय समेत फोरमको पहिलो बैठकले गरेको छ ।

 

Share News