भार्गव विकास बैंकको ७ लाख ५३ हजार कित्ता हकप्रद सेयर लिलामीमा, जेठ ३ देखि बिक्री खुला

<p>काठमाडौं । भार्गव विकास बैंकको हकप्रद बिक्री नभएपछि पुनः लिलामी हुने भएको छ । चुक्तापूँजी बढाउन बैंकले निष्कासन गरेकोमध्ये संस्थापक र सर्वसाधारणको गरी ७ लाख ५३ हजार कित्ता हकप्रदका लागि आवेदन नपरेपछि बैंकले पुनः लिलामी गर्न लागेको हो । संस्थापक समूहको ६ लाख ६७ हजार ७०६ र सर्वसाधारणको ८५ हजार ६६४ कित्ता सेयर रहेको छ [&hellip;]</p>

काठमाडौं । भार्गव विकास बैंकको हकप्रद बिक्री नभएपछि पुनः लिलामी हुने भएको छ ।

चुक्तापूँजी बढाउन बैंकले निष्कासन गरेकोमध्ये संस्थापक र सर्वसाधारणको गरी ७ लाख ५३ हजार कित्ता हकप्रदका लागि आवेदन नपरेपछि बैंकले पुनः लिलामी गर्न लागेको हो ।

संस्थापक समूहको ६ लाख ६७ हजार ७०६ र सर्वसाधारणको ८५ हजार ६६४ कित्ता सेयर रहेको छ । सेयर खरिद खुला जेठ २ गतेबाट सुरु भई १० गते बन्द हुने बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले कात्तिक २४ देखि पुस १४ गतेसम्म हकप्रद निष्कासन गरेको थियो ।

Share News