९३ कम्पनीको ३० अर्बको बोनस सेयर कारोबारका लागि सुचिकरण, कसको कति ?(विवरणसहित)

<p>काठमाडौं । साउनयता विभिन्न ९३ कम्पनीको ३० अर्ब रुपैयाँ बोनस सेयर कारोबारका लागि सुचिकृत भएको छ । बैंक तथा वित्तीय संस्था, बीमा, जलविद्युत र उत्पादनमुलक कम्पनीको सेयर कारोबारका लागि सुचिकृत भएको हो । यो बोनस सेयर मात्र हो । लगानीकर्तालाई यी कम्पनीले अर्बौ रुपैयाँ नगद लाभांश पनि वितरण गरेका छन् । सबैभन्दा बढी बोनस सेयर [&hellip;]</p>

काठमाडौं । साउनयता विभिन्न ९३ कम्पनीको ३० अर्ब रुपैयाँ बोनस सेयर कारोबारका लागि सुचिकृत भएको छ ।
बैंक तथा वित्तीय संस्था, बीमा, जलविद्युत र उत्पादनमुलक कम्पनीको सेयर कारोबारका लागि सुचिकृत भएको हो ।

यो बोनस सेयर मात्र हो । लगानीकर्तालाई यी कम्पनीले अर्बौ रुपैयाँ नगद लाभांश पनि वितरण गरेका छन् ।
सबैभन्दा बढी बोनस सेयर दिनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । राष्ट्रिय बीमाले लगानीकर्तालाई गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११४ प्रतिशत बोनस सेयर दिएको छ ।

यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले १००, कालिका लघुवित्त विकास बैंकको ६५, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० र एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस सेयर सुचिकृत भएको हो । अधिकाँश कम्पनीले औसत २० प्रतिशत हारहारीमा बोनस सेयर दिएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन बोनस सेयर वितरण गरेका छन् ।

अधिकाँश बैंक तथा वित्तीय संस्थाको चुक्तापूँजी पुगिसकेकाले आउँदो आर्थिक वर्षदेखि नगद लाभांश बढी हुने छ ।(विवरण हेर्नको लागि यसमा क्लिक गर्नुहोस्)

Share News