सामुदायिक लघुवित्तमा अनियमितता, राष्ट्र बैंकले तत्कालिन सीईओ स्वयम्भुराज जोशीलाई लगायो ५ लाख जरिवाना

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले सामुदायिक सेवा लघुवित्त संस्था लिमिटेडका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कार्वाही गरेको छ । केन्द्रीय बैंकले संस्थागत सुशान विपरित काम गरेको भन्दै जोशीलाई ५ लाख रुपैयाँ जरिवाना लगाएका हो । संस्थागत सुशासन विपरित र पटक पटक दिएको निर्देशनलाई अवज्ञा गरेको केन्द्रीय बैंकको जिकिर छ । जोशीका कारण राष्ट्र बैंकले [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले सामुदायिक सेवा लघुवित्त संस्था लिमिटेडका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कार्वाही गरेको छ ।

केन्द्रीय बैंकले संस्थागत सुशान विपरित काम गरेको भन्दै जोशीलाई ५ लाख रुपैयाँ जरिवाना लगाएका हो । संस्थागत सुशासन विपरित र पटक पटक दिएको निर्देशनलाई अवज्ञा गरेको केन्द्रीय बैंकको जिकिर छ ।

जोशीका कारण राष्ट्र बैंकले साधारण सेयर (आईपीओ) निष्कासन रोकेको छ । पटकपटक स्पष्टिकरण माग्दा चित्त बुझदो जवाफ नदिएकाले जरिवाना लगाएको राष्ट्र बैंकले जनाएको छ ।

तत्कालिन राष्ट्र बैंकले दिएको निर्देशन पालना नगर्ने, कार्यान्वयनमा अवरोध गर्ने संस्थागत सुशासन कायम नराख्ने, सञ्चालन समितिले दिएको निर्देशन पालना नगर्ने र सीमा भन्दा बढी सेयर धारणा गरेकाले तत्कालिन सीईओ जोशीले कार्वाही गरेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकको सुझावमा धितोपत्र बोर्डले सामुदायीक लघुवित्त वित्तको आईपीओ निष्कासन रोकेको छ ।

संस्थाले पुस ९ गते मंगलबार ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको थियो ।
सामुदायिकमा ७ करोड रुपैयाँ अर्थात ७ लाख कित्ता संस्थापक लगानी रहेको छ । आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

Share News