सेयर बजार फेरी ओरालो, अर्थमन्त्री देखि गभर्नरका टिप्सले पनि काम गरेन

<p>काठमाडौं । पुँजी बजारको विकासका लागि भन्दै आयोजना गरिएको एक्स्पोमा बुधबार अर्थमन्त्रीदेखि गभर्नरसम्मले लगानीकर्तालाई टिप्स सुनाए तर सेयर बजार भने ओरालो नै लाग्यो । अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहाद’र कार्की, बीमा समितिका अध्यक्ष चिरञ्जीवी नेपाल र नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले सेयर बजारमा लगानी गर्दाका [&hellip;]</p>

काठमाडौं । पुँजी बजारको विकासका लागि भन्दै आयोजना गरिएको एक्स्पोमा बुधबार अर्थमन्त्रीदेखि गभर्नरसम्मले लगानीकर्तालाई टिप्स सुनाए तर सेयर बजार भने ओरालो नै लाग्यो ।

अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहाद’र कार्की, बीमा समितिका अध्यक्ष चिरञ्जीवी नेपाल र नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले सेयर बजारमा लगानी गर्दाका जोखिम र त्यसबाट बच्ने उपाय सुनाएका थिए । खचाखच भरिएका लगानीकर्ताले उनीहरुका टिप्स सुने, ताली बजाए तर सोही दिन सेयर बजार भने फेरी पनि ओरालो लाग्यो ।

बुधबार सेयर बजार ४.८७ अंकले आरोलो लागेर १३५६.१५ अंकमा झरेको छ । १६० कम्पनीको कारोबार भएको बजारमा कुल ३४ करोड ७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा अन्य समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह १८ अंकले घटेको छ ।

सामान्य अंकले घटेको बजारमा सबैभन्दा बढी सिन्धु विकास बैंकको सेयर मूल्य ६.८५ प्रतिशतले घटेको छ । सबैभन्दा बढी समाता माइक्रोफाइनान्सको सेयर मूल्य ३.९१ प्रतिशतले बढेको छ ।

Share News