सरकार र विश्व बैंकबीच साढे २७ अर्बकाे ऋण सम्झौता

<p>काठमाडौं । सरकार र विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) सँग २७ अर्ब ६५ करोड रुपैयाँकाको ऋण सहायता स्वीकार गर्ने सम्बन्धि सम्झौता हुने भएको छ । अर्थमन्त्रालयले जनाएअनुसार आईडीएसँग बजेट सहायताको रुपमा करिब रु २० अर्ब ७९ करोड (२०० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता बिहीबार हुने भएको छ । रानी जमरा कुलरीया [&hellip;]</p>

काठमाडौं । सरकार र विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) सँग २७ अर्ब ६५ करोड रुपैयाँकाको ऋण सहायता स्वीकार गर्ने सम्बन्धि सम्झौता हुने भएको छ ।

अर्थमन्त्रालयले जनाएअनुसार आईडीएसँग बजेट सहायताको रुपमा करिब रु २० अर्ब ७९ करोड (२०० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता बिहीबार हुने भएको छ ।

रानी जमरा कुलरीया सिँचाई आयोजनाको दोस्रो चरणको लागि प्राप्त हुने करीब रु ६ अर्ब ८६ करोड(६६ मिलियन अमेरिकी डलर) ऋण सहयाता स्वीकार गर्ने सम्बन्धि सम्झौता पनि सोही अवसरमा हुने भएको अर्थमन्त्रालयको भनाइ छ ।

सम्झौताको लागि नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षार कार्यक्रम समेत तय भइसकेको छ ।

Share News