काठमाडौं । बुधबार विभिन्न तीन कम्पनीको ३५ लाख ८ हजार १०५ कित्ता सेयर सूचिकृत भएको छ । सो दिन कन्काई विकास बैंक, काबेली विकास बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएका छन् ।
कन्काईको बोनसपछि र काबेली विकास बैंक र इन्भेष्टमेन्ट फाइनान्सको हकप्रद पछिकाे सेयर थपिएका छन् । सो मध्ये कन्काईको २ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
त्यस्तै, काबेली विकास बैंकको ३ लाख ५० हजार ८८० र इन्भेष्टमेन्ट फाइनान्सको २६ लाख ६७ हजार २२५ कित्ता हकप्रद नेप्सेमा थपिएको छ ।