राष्ट्रपतिको जोड कृषिमा आधारित उद्योग

<p>काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रको मुख्य एजेण्डा विकास भएको बताएका छन् । यसप्रति सबैको एक मत भएको हालको अबस्थामा सरकारको विकास, नीति र निर्माण योजना मार्फत थप सहयोग मिल्ने उनको भनाइ छ । उनले अर्थतन्त्रको विकासको लागि जमिनमा टेकेर कृषिमा आधारित उद्योगको स्थापनामा जोड दिएका छन् । उनले उद्योग परिसंघका पदाधिकारीहरुसँग बुधरबार भएको भेटवार्तामा [&hellip;]</p>

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रको मुख्य एजेण्डा विकास भएको बताएका छन् । यसप्रति सबैको एक मत भएको हालको अबस्थामा सरकारको विकास, नीति र निर्माण योजना मार्फत थप सहयोग मिल्ने उनको भनाइ छ ।

उनले अर्थतन्त्रको विकासको लागि जमिनमा टेकेर कृषिमा आधारित उद्योगको स्थापनामा जोड दिएका छन् । उनले उद्योग परिसंघका पदाधिकारीहरुसँग बुधरबार भएको भेटवार्तामा उद्यमी—व्यवसायीले सरकारलाई राजस्व बुझाएको र रोजगारी उपलब्ध गराएको भन्दै उच्च मनोवलका साथ उद्यम विकास गरि मुलुकको समग्र अर्थतन्त्रमा टेवा दिन सुझाएका थिइन् ।

सो भेटमा मुलुकको समृद्धिलाई केन्द्रमा राखेर परिसंघले तयार पारेको मार्गचित्र समेत राष्ट्रपतिले अध्ययन गरेको बताइएको छ ।

सो अवसरमा परिसंघ—प्रवुद्ध परिषदका संयोजक प्राडा शम्भुराम सिंखडाले राज्यले अंगीकार गरेको समृद्ध नेपाल सुखी नेपालीलाई व्यवहारीक बनाउन कृषि क्षेत्रको आमूल रुपान्तरण र सुशासनको आवश्यकतामा जोड दिएका थिए ।

Share News