सेयर बजारका लगानीकर्तालाई अर्थमन्त्रीको सुझाव: ‘नाफा घाटा ब्यहोर्नुस्, सरकारलाई धारे हात नलगाउनुस्’

<p>काठमाडौं । सेयर बजारका लगानीकर्तालाई अर्थमन्त्री युवराज खतिवडाले नाफा घाटा आफैं बेहोर्न सुझाएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खतिवाडाले सेयर बजारको नाफाघाटा सरकारले ब्यहोर्न नसक्ने बताएका हुन् । उनले ब्याङग्य गर्दै भने &#8216;लगानी गर्ने तपाइहरुले हो यसमा सरकारले कुनै जिम्मा लिन सक्दैन, नाफा भए आफैं खानुस् घाटा भए ब्यहोर्नुस अब सरकारलाई धारे [&hellip;]</p>

काठमाडौं । सेयर बजारका लगानीकर्तालाई अर्थमन्त्री युवराज खतिवडाले नाफा घाटा आफैं बेहोर्न सुझाएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खतिवाडाले सेयर बजारको नाफाघाटा सरकारले ब्यहोर्न नसक्ने बताएका हुन् ।

उनले ब्याङग्य गर्दै भने ‘लगानी गर्ने तपाइहरुले हो यसमा सरकारले कुनै जिम्मा लिन सक्दैन, नाफा भए आफैं खानुस् घाटा भए ब्यहोर्नुस अब सरकारलाई धारे हात नलगाउनुहोस् ।’

उनीले पुँजी बजारको विकासमा सरकारले कुनै कन्जुस्याँई नगर्ने बताउँदै पुँजी बजारको विकासमा आफुलाई नसिकाउन समेत चेतावनी दिए । बजारका विद्धानहरु पुँजीबजारको ‘क’ ‘ख’ सिक्दै गर्दा आफु पुँजिबजारको किताब लेख्ने भैसकेको बताउदै यस विषयमा कुनै कुरा सिकाउनु नपर्ने उनले बताए ।

मन्त्रीले अहिले बजारको म्युचुअल फन्ट कमजोर हुँदै गएकोले सेयर बजारमा जोखिम बढ्दै गएको बताए । जोखिम कम हुने क्षेत्रमा मात्र लगानी गर्न सुझाव दिदैं नाफा भएनी मलाई दिनु पर्दैन घाटा भएनी सरकारले बेहोर्न सक्दैन कमजोर मुटु हनेले सेयरमा लगानी नै नगर्न मन्त्री खतिवाडाले सुझाव दिए ।

जलविद्युतमा सबै नेपालीको लागानी हास् भन्ने सरकारको चाहाना रहेको पनि खतिवाडाले बताए ।

Share News