उद्योग मन्त्रालयकाे प्रथमिकतामा एग्रो इन्डस्ट्रीज, स्थायी कर्मचरी नराखिने

<p>काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले एग्रो इन्डस्ट्रीज सञ्चालनलाई प्रथमिकतामा राखेको बताए । उनले त्यसको लागि सरकारले आवश्यक ऐन कानूनहरु निर्माण तथा परिमार्जन गरिरहेको जानकारी दिए । उनकाअनुसार सरकारले रासायनिक मलको उद्योग सञ्चालन गर्ने तयारी भइरहेकाे छ । ‘वढी उपभोग गरिने वस्तुहरुको उत्पादन बढाउने  एग्रो इन्डस्ट्रीजलाई जोड दिएका छौं,’ उनले भने ‘जसबाट वस्तुकाे [&hellip;]</p>

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले एग्रो इन्डस्ट्रीज सञ्चालनलाई प्रथमिकतामा राखेको बताए ।
उनले त्यसको लागि सरकारले आवश्यक ऐन कानूनहरु निर्माण तथा परिमार्जन गरिरहेको जानकारी दिए ।

उनकाअनुसार सरकारले रासायनिक मलको उद्योग सञ्चालन गर्ने तयारी भइरहेकाे छ । ‘वढी उपभोग गरिने वस्तुहरुको उत्पादन बढाउने  एग्रो इन्डस्ट्रीजलाई जोड दिएका छौं,’ उनले भने ‘जसबाट वस्तुकाे उत्पादन बढ्नेछ आयात घट्नेछ ।’

पहिलो चरणमा कपडा, चिनी, जुट लगायतको उद्योगहरु सञ्चालन गर्ने तयारी भइरहको छ । त्यसले कपास, धागाे लगायतको उत्पादन वृद्धिमा सहयोग गर्नेछ। उद्योग सञ्चालनका लागि विदेशी लगानी सम्बधमा समेत छलफल भइरहेको मन्त्रलयको भनाइ छ । साथै मन्त्रालयले सम्बन्धित स्थानिय निकायका जनप्रतिनिधिहरुसँग पनि छलफल गरिरहेको जानकारी दिएको छ ।

यद्यपि अब सञ्चालन हुने उद्योगहरुमा स्थायी कर्मचारी नराखिने मन्त्री यादवको प्रष्ट भनाइ छ । उनले उद्योगको कर्मचारीहरु अस्थायी हुने बताए । उनको अनुसार उद्योगहरु सार्वजनिक निजी सामुदायिक साझेदारी ‘पीपीपीपी’ मोडलमा सञ्चालन हुनेछन् । जसमा मजदुरहरुलाई समेत शेयर दिइनेछ ।

सबैको हिस्सा हुने त्यस्ता उद्योगमा सबैभन्दा बढी सरकारी स्वामित्व रहने उनले मंगलबार मन्त्रालयमा भएको पत्रकारहरुसँगको भेटमा बताए ।

यसैबीच उनले अहिले मुलुकमा हरेक क्षेत्रमा सिन्डिकेट भएको जानकारी दिदै केही दिनभित्रै अनुगमन गरी सार्वजनिक गर्न थालिने जानकारी दिए । ‘अहिले शिक्षा, उद्योग लगायतमा सिन्डिकेट देखिरहेका छौं,’ उनले भने ‘केही दिनभित्रै रिजल्ट देख्न सक्नुहुनेछ ।’ अबको मन्त्रिपरिषद बैठकमा समेत यो विषयलाई उठान गर्ने उनले बताए ।

Share News