काठमाडौँ । भुतपुर्व ब्रिटिस नेपाली सैनिकले बेलायती सैनिक सरह सेवा सुविधाको माग गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सघर्ष समितीले समान सेवा सुविधाको लागि नेपाल सरकारलाई दबाब दिएका हुन् ।

संयुक्त समितीले पत्रकार सम्मेलन गर्दै ११ बुँदे मागको विषयमा सरकारलाई ध्यानाकर्षण गराएका हुन् । बेलायत सरकारले गोर्खा सैनिकको माग पुरा गर्न नेपाल सरकारसँग वार्ता गर्न तयार रहेको समितीको संयोजक कृष्णबहादुर राईले बताए ।
११ वटा बुँदामा भुपू गोर्खा सैनिकको सेवा सुविधाको मागसँगै नेपाल राष्ट्र बैंकबाट नै तलब प्राप्त गर्न पाउनुपर्ने माग गरिएको छ । हाल २९ हजार भुपु गोर्खा सैनिकबाट मासिक वार्षिक १४ अर्ब २८ करोड रहेको छ भने वार्षिक १४ अर्ब २८ करोड रहेको छ ।।