काठमाडौं । सरकारले तिलगंगा आखा प्रतिष्ठानलाई १० करोड रुपैयाँ हस्तान्त्रण गरेको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलयले पत्रकार सम्मेलन गरि उक्त रकम हस्तान्त्रण गरेको हो ।
कार्यक्रममा उद्योगमन्त्री मातृकाप्रसाद यादवले प्रतिष्ठानका कार्यकारी निर्देशक डा.सन्दुक रुइतलाई उक्त रकम बराबरको चेक हस्तान्त्रण गरेका हुन् ।
गएको वर्ष वैशाखमा उद्योगमन्त्री नवीन्द्रराज जोशीकै पालामा रकम दिने सम्झौता भएको थियो । स्वदेशमा नै माेतिविन्दुकाे उपचारमा प्रयाेग गरिने आखाँको लेन्स उत्पादन र निर्यातलाई बढावा दिने उद्देश्यले अस्पताललाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत सहयोग प्रदान गरेकाे हो ।
कार्यक्रमको अवसरमा उद्योगमन्त्री यादवले तिलगंगाले उत्पादन गर्दै आएको कृतिम आखाको लेन्सको उत्पादनलाई अझ बढावा दिन सरकारले वित्तीय सहयोग गरेको बताए । लेन्सको अन्तर्राष्ट्रय बजारमा माग बढीरहेकोले भन्दै प्रतिष्ठानले निर्या बढाइ व्यापार घाटामा कम गर्न सहयोग पुर्याउने अपेक्षा सरकारकाे छ । ‘सम्झौताअनुसार रकम उपलब्ध गराउन केही ढिलो भएता पनि यसले लेन्सको उत्पादन र निर्यातमा ठोस सहयोग गर्ने विश्वास गरेका छौं,’ उनले भने ।
तिलगंगाले हाल वार्षिक ४ लाख पिस कृतिम आँखाको लेन्स उत्पादन गर्दै आइरहेको छ । जसमध्ये २ लाख पिस निर्यात गर्ने गरेको छ । गुणस्तरीय उत्पादनको कारण अन्तर्राष्ट्रिय बजारमा तिलगंगाले उत्पादन गर्ने लेन्सको माग बढिरहेको छ । माग अनुसार उत्पादन गर्न नसकेको संस्थाको भनाइ छ ।
लेन्स चीन, पाकिस्तान, भियतनाम, साउथ अफ्रिका, थाइल्यन्ड, ताइवान, फिलिपिन्स, मंगोलिया लगायतको मुलुकहरुमा निर्यात भइरहेका छन् । संस्थाकोअनुसार युरोपिय र अमेरीकाबाट कच्चापदार्थ आयात गरी भ्यालुएड गरेर लेन्सको उत्पादन गरिएको हो । अस्पतालले २४० रुपैयाँदेखि २ हजर रुपैयाँ (निर्यातको लागि २५ डलर) मुल्यसम्मका लेन्सहरु उत्पादन गर्दै अाएकाे छ ।
हाल संस्थासँग लेन्स उत्पादनको लागि करिब ११ वटा इन्ञिन सञ्चालनमा छन् । सरकारले दिएको सहयोगबाट ती मध्ये ५ ओटा पुराना इञ्जिनलाई एक्स्चेन्ज गर्ने योजना रहेको जानकारी गराइएकाे छ ।