काठमाडौं । केही दिनयता लगातार ओरालो लागेको सेयर बजार मंगलबार एक्कासी उकालो लागेको छ । सो दिनको बजारमा नेप्से परिसुचक १५ दशमलब ६५ अंकले उकालो लागेर १३६१ अंकमा पुगेको छ ।
बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि वृद्धि भएको छ । कुल १६५ कम्पनीको ५० करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । सो मध्ये सबैभन्दा बढी सिभिल बैंकको ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
दोहोरो अंकले बढेको बजारमा बीमा समूहको सूचक १५१ अंकले उकालो लागेको छ । सो दिन उत्पादनमूलक बाहेक अन्य बाँकी समूह हरिया भएका छन् । उत्पादनमूलक भने सामान्य २.४३ अंकले घटेको छ ।