सिद्धार्थ इन्स्योरेन्सले ३५ प्रतिशत हकप्रद जारी गर्ने, कहिले हुँदै छ बुक क्लोज ?

<p>काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले सेयरधनीमाझ ३५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले गत वर्ष सम्पन्न कम्पनीको १६औँ वार्षिक साधारणसभाको निर्णय बमोजिम सो मात्राको सेयर जारी गर्न लागेको हो । सभाको निर्णयअनुसार कम्पनीले २० प्रतिशत बोनस सेयर जारी पश्चात कायम भएको पुँजीको ३५ प्रतिशत हकप्रद जारी गर्दै छ । बोनस पश्चात कम्पनीको [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले सेयरधनीमाझ ३५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले गत वर्ष सम्पन्न कम्पनीको १६औँ वार्षिक साधारणसभाको निर्णय बमोजिम सो मात्राको सेयर जारी गर्न लागेको हो ।

सभाको निर्णयअनुसार कम्पनीले २० प्रतिशत बोनस सेयर जारी पश्चात कायम भएको पुँजीको ३५ प्रतिशत हकप्रद जारी गर्दै छ । बोनस पश्चात कम्पनीको पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ हुनेछ । त्यसमा ३५ प्रतिशत हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ८६ करोड ५९ लाख रुपैयाँ पुग्ने छ ।

उक्त २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद सेयर जारी गर्न आगामी जेठ १ गते इन्स्योरेन्सको बुक क्लोज हुने भएको छ ।

Share News