कृषि अनुसन्धानद्वारा ६७ बालीका ३१६ जात विकास

<p>काठमाडौं । कृषि अनुसन्धान परिषद (नार्क)ले कृषि अनुसन्धानको शुरुवात पछि हालसम्ममा मुलुकमा ६७ बालीका ३१६ जात विकास भएको बताएको छ । नार्कको स्थापनापछि मात्रै पनि २०४ बालिको जात उन्मोचन गरिएको नार्कका सञ्चर प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरिकृष्ण उप्रेतीले बताए । नार्कको २७ औं वार्षिकोत्सव समारोहको अवसरमा उनले विगत २५ वर्षमा मकै र गहुँको क्षेत्रफल [&hellip;]</p>

काठमाडौं । कृषि अनुसन्धान परिषद (नार्क)ले कृषि अनुसन्धानको शुरुवात पछि हालसम्ममा मुलुकमा ६७ बालीका ३१६ जात विकास भएको बताएको छ ।

नार्कको स्थापनापछि मात्रै पनि २०४ बालिको जात उन्मोचन गरिएको नार्कका सञ्चर प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरिकृष्ण उप्रेतीले बताए ।

नार्कको २७ औं वार्षिकोत्सव समारोहको अवसरमा उनले विगत २५ वर्षमा मकै र गहुँको क्षेत्रफल क्रमशः १७.७ र २५.८ क्षेत्रफल बढेको बताए । ‘त्यस्तै उत्पादनमा समेत ८१ र ६५ प्रतिशत वृद्धि भएको छ,’ उनले भने ‘यद्यपि धानको उत्पादनमा २२ प्रतिशत वृद्धि भएपनि धान उत्पादनको क्षेत्रफलमा ६.३ प्रतिशत घटेको छ ।’

वालीको वृद्धिमा नार्कले विकास गरि उन्मोचन वा सिफारिस गरेका जातहरुको उल्लेखनिय योगदान रहेको उनको भनाइ छ । उनकोअनुसार धानको उत्पादकत्व बृद्धिका लागि सुख्खा सहन सक्ने र रोग प्रतिरोधी जात विकास गरिएको छ ।

त्यस्तै मकैको उत्पादननको माग बृद्धिभइ पुर्ण गराउने उद्देश्य अनुसार बर्णासंकर मकैको विकासमा थप अनुसन्धान भइरहेको उनले कार्यक्रममा जानकारी गराए ।

धान, गहुँ,मकैको जात विकास तथा सिफारीस

नार्कले खाद्यन्न बालीतर्फ धानमा चैते–५, हर्दिनाथ–३, बहुगुणी धान–१ सिफारीस गरेको छ । गहुँमा मुनाल, च्यखुरा लगायत विकास गरि खेतीको लागि सिफारीस गरिएको प्रमुख उप्रेतीको भनाइ छ । उनको अनुसार मकै, दलहन, बोडी, तेलहन बालीतर्फ मेरङ रायो(तोरी) लगायतका बालीहरु सिफारीस गरिएको छ ।


लुलु, आछामी गाई संरक्षण

नार्कले स्थानीय बालीसँगै पशुपंक्षीहरुको संकलन, संरक्षण तथा प्रवद्र्धन कार्य गरीरहेको छ । पशुहरुमा लुलु, आछामी गाई, खरी बाख्राको जमेको विर्य जिन बैंकमा राखि संरक्षण कार्य शुरु गरेको नार्कको भनाइ छ ।नार्कका अनुसार बोयर बाख्रको पाठापठीको उत्पादन तथा वितरण संख्यामा निरन्तर बृद्धि भइरहेको छ ।

मनाङ र मुस्ताङमा मात्रै ११० ट्राउट फार्म

ट्राउट माछाको प्रविधि विकास तथा विस्तारले गर्दा मध्य तथा उच्च पहाड (मनाङ र मुस्तङ) का जिलहरुमा निजी तथा सहकारी स्तरमा ११० वटा ट्राउट माछा फार्म स्थापना भएको छ । मोती उत्पादन सिपिको प्रजाती पहिचान गरिएको छ ।

त्यस्तै सानन बाख्राबाट उत्पादित दुधबाट सरल तरीकाले पनिर उत्पादन गर्न सकिने प्रविधि समेत विकास गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

Share News