काठमाडौं । नेपाल कमर्श एण्ड क्रेडिट(एनसीसी) बैंकले थप शाखा नयाँबजारमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सोमबार नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्य रामजी रेग्मीले गरेका हुन् ।
कार्यक्रममा रेग्मीले एनसीसी बैंकले यस क्षेत्रमा शाखा खोलेर यस क्षेत्रको उद्योगी, व्यवसायी एवं बचतकर्ताहरुलाई समेत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्ने कुरामा आफु विश्वस्त रहेको बताएका छन् । साथै बैंकको समग्र अवस्था बारे जानकारी गराउँदै नेपाल राष्ट्र बैंकको नीति निर्देशन पालना गरी अगाडि बढ्न सुझाव दिएका छन् ।
एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले अन्य स्थानमा जस्तै यस क्षेत्रमा पनि बैंकले गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा आश्वस्त हुन सबैलाई आग्रह गरेका छन् ।