काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिडेडले काभ्रेको धुलिखेलमा २६ वटा घडेरी बिक्री गर्ने भएको छ । लिमिटेडले क र ख श्रेणीका १३० आना भन्दा बढी घडेरी बिक्री गर्न लागेको हो ।
घडेरी बढाबढको आधारमा जो सुकै नेपाली नागरिक तथा संस्थाले खरिद गर्न सक्ने कम्पनीका लेखा शाखा प्रमुख अश्विनीकुमार खड्काले बताए ।
लिमिटेडले क श्रेणीका ५ आनाका २ वटा घडेरी र ख श्रेणीका ५ आनाका २४ वटा घडेरी बिक्रीमा राखेको छ । क श्रेणीका खडेरीलाई प्रतिप्लट न्युनतम ३६ लाख ४७ हजार ४ सय ३८ तोकेको छ । त्यस्तै ख श्रेणीको प्रतिप्लट घडेरीको न्युनतम ३३ लाख ६६ हजार ८ सय ३६ तोकेको छ ।
यो हिसाबले क श्रेणीको प्रति आना घडेरको ७ लाख २९ हजार ४ सय ८७ पर्नेछ भने ख श्रेणीको प्रतिआना घडेरीको ६ लाख ७३ हजार पर्नेछ । यसैगरी क श्रेणीको प्रतिवर्गमिटर घडेरी २१ हजार ४ सय ५५ पर्नेछ भने ख श्रेणीको प्रतिवर्गमिटर घडेरीको १९ हजार ८ सय ५ पर्नेछ ।
घडेरी खरिद गर्नको लागि लिमिटेडको काभ्रे वा केन्द्रिय कार्यलयबाट ३ हजारको फारम भरी पेस गर्नु पर्नेछ ।
घडेरीको सेवा सुविधाबारे ग्राहक आफैं गएर हेर्न सक्नेछ भने मन परेको प्लट छानेर फारम भर्न सक्नेछ । लिमिटेडले फारम भर्नको लागि ३० दिनको समयअवधि तोकेके छ । कम्पनीले बोलपत्र ३१ औं दिनको २ बजे खोल्ने जनाएको छ ।
दर्ता शाखा प्रमुख खड्काका अनुसार बोलपत्र आवेदन दर्ता गर्दा किन्न चाहेको घडेरीको १० प्रतिसत रकम पहिलेनै कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ । बोल पत्रको नतिजा आएको ३५ दिनमा सबै रकम कम्पनीको खातामा जम्मा भैसक्नु पर्नेछ ।
३५ दिनभित्रमा रकम जम्मा गर्न नसकेमा १० प्रतिशत रकम कम्पनीले जफत गर्नेछ भने व्यक्तिको जग्गा दाबी समेत रद्ध हुने प्रमुख खड्काले जानकारी दिए ।