काठमाण्डौं । सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ आफ्नो २१ औँ शाखारहित बैंकिङ सेवा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ६, मुनाल चोक, चक्करघातीमा शुरू गरेको छ ।
उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन उद्योग वाणिज्य संघ, बराहक्षेत्र नगरपालिकाका अध्यक्ष सुरेन्द्रप्रसाद गुप्ताले एक समारोहका बीच गरेका थिए । सो अवसरमा शाखारहित बैंकिङ सेवाको एजेन्ट/प्रतिनिधि दिनेश न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन सुरेन्द्रप्रसाद गुप्ता र झुम्का शाखाका प्रवन्धक नबिनकुमार झाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । योसँगै बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या २१ पुगेको छ ।