काठमाडौं । सनराइज बैंक लिमिटेडले दुहवी शाखालाई सुनसरी जिल्ला, दुहवी न.पा. वडा नं. ५ (साविकको स्थानबाट करिव ५० मि.को दुरी) मा स्थानान्तरण गरेकोे छ ।
आइतबार एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य, दुहवी नगरपालिकाका मेयर वेद नारायण गच्छदार र उद्योग वाणिज्य संघ, दुहवीका अध्यक्ष उमेश गोश्वानीले संयुक्त रुपमा दुहवी शाखाको उद्घाटन गरेका थिए ।
बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो ।
हाल सनराइज बैंकले मुलुकभर आफ्नो ८० वटा शाखा, ९५ वटा एटीएम, २१ वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ तथा ईन्भेष्टमेन्ट बैकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल रहेको छ ।