अन्तराष्ट्रिय स्तरको वाटर पम्प स्वदेशमै उत्पादन

<p>काठमाडौं । तुलसी मोटर पम्प ईण्डष्ट्रीजले अन्तराष्ट्रिय स्तरको वाटर पम्प स्वदशमै उत्पादन गर्दै आइरहेको छ । २०५२ सालमा बिराटनगरमा स्थापित तुलसी बहुमुखी सहकारी संस्थाको प्रत्यक्ष लगानीमा तथा शिखर अर्गनाईजेशनको प्रवद्र्धनमा नेपालमै पहिलो पटक नेपाली माटो सुहाउदो सस्तो एवंम गुणस्तरीय वाटर पम्प उत्पादन गर्ने उद्धेश्यले ईण्डष्ट्रीज सञ्चालनमा ल्याइएको जनाएको छ । स्थापनासँगै कम्पनीले अन्तराष्ट्रिय स्तरका वाटर [&hellip;]</p>

काठमाडौं । तुलसी मोटर पम्प ईण्डष्ट्रीजले अन्तराष्ट्रिय स्तरको वाटर पम्प स्वदशमै उत्पादन गर्दै आइरहेको छ ।

२०५२ सालमा बिराटनगरमा स्थापित तुलसी बहुमुखी सहकारी संस्थाको प्रत्यक्ष लगानीमा तथा शिखर अर्गनाईजेशनको प्रवद्र्धनमा नेपालमै पहिलो पटक नेपाली माटो सुहाउदो सस्तो एवंम गुणस्तरीय वाटर पम्प उत्पादन गर्ने उद्धेश्यले ईण्डष्ट्रीज सञ्चालनमा ल्याइएको जनाएको छ ।

स्थापनासँगै कम्पनीले अन्तराष्ट्रिय स्तरका वाटर पम्पहरु स्वदेशमा नै उत्पादन गरि आयतलाई निरुत्साहीत गर्ने लक्ष्य राखेको छ ।

सोही अनुसार कम्पनीले शिखर ब्राण्डका पानी तान्ने पम्पहरु उत्पादन गरिरहेको छ । कम्पनीको अनुसार नेपालमै पहिलो पटक स्थानीय जनशक्ती एवंम स्थानीय स्रोत र साधनको प्रयोग गरी अन्तर्राष्ट्रिय गुणस्तरयुक्त वाटर पम्प उत्पादन गर्दै आइरहेको छ ।

कृषि, उद्योग र घरायसी प्रयोजनलाई विशेष प्रथमिकतामा राखेर पम्पहरु उत्पादन गरिरहेको कम्पनीको भनाइ छ । कम्पनीले शुरुवाती चरणमा घरायसी प्रयाजनका लागी १ र हाफ एचपी को शिखर सेल्फ प्राइमीङ सेन्ट्रीफ्युगल मोनोब्लक पम्पहरु बजारमा ल्याइसकेको छ । चाँडै कृषि क्षेत्र र ओद्योगीक प्रयोजनका निम्ति शिखर एग्रिकल्च मोनोब्लक पम्प र शिखर इन्डक्सन मोटरहरु समेत उत्पादन गर्ने जानकारी गराइएको छ ।

पम्पहरु कम भोल्टेजमा चल्ने, मेन्टेनेन्स खर्च कम लाग्ने साथै टिकाउ एवंम गुणस्तरीय भएको दावी गर्दै उपभोक्ताको रोजाइमा पर्ने कम्पनीको विश्वास छ । कम्पनीको अनुसार उक्त पम्पहरुमा एक वर्षको ग्यारेन्टी प्रदान गरिएको छ ।

Share News