काठमार्डौ । आन्दोलनरत काठमाडौंका सिन्डिकेटका पक्षधर व्यवसायी कहिल्यै आन्दोलन नगर्ने कागज गर्दै रिहाइ भएका छन् ।

नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष्य र महासचिव सहित ६ जना रिहाई भएका हुन् । रिहाइ हुनेहरुमा अध्यक्ष योगेन्द्र कर्माचार्य महासंघका महासचिव सरोज सिटौला , उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल र किरण खड्का रिहाई भएका छन् ।
उनीहरुले सरकारसँग आन्दोलन नगर्ने र यातायात व्यवस्था विभागले जारी गरेको निर्देशिका र कार्यविधि स्विकार गर्ने कागज गरेका छन् ।