सरकारले २६ जिल्लाका ४ लाख गरीबलाई ६ महिनाभित्र परिचय पत्र वितरण शुरु गर्ने

<p>काठमाडौं । सरकारले अगामी ६ महिभित्र २६ जिल्लाका गरीब घर पहिचान भएकाहरुलाई परिचयपत्र वितरणकाे कार्य शुरु गर्ने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले रुकुमबाहेक पूर्व समेत गरी गरीब घर पहिचान भएका ३ लाख ९१ हजार ८३१ घर परिवारलाई आगामी ६ महिनाभित्र परिचयपत्र बितरणको कार्य प्रारम्भ गरिने बताएको छ । त्यस्तै बाँकी ५१ [&hellip;]</p>

काठमाडौं । सरकारले अगामी ६ महिभित्र २६ जिल्लाका गरीब घर पहिचान भएकाहरुलाई परिचयपत्र वितरणकाे कार्य शुरु गर्ने भएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले रुकुमबाहेक पूर्व समेत गरी गरीब घर पहिचान भएका ३ लाख ९१ हजार ८३१ घर परिवारलाई आगामी ६ महिनाभित्र परिचयपत्र बितरणको कार्य प्रारम्भ गरिने बताएको छ ।

त्यस्तै बाँकी ५१ जिल्लाहरुमा गरीब घरपरिवार पहिचान गरी २ वर्षभित्र परिचयपत्र बितरणको कार्य थालनी गर्ने मन्त्री चक्रपाणी खनालले बताए । ‘यस्ता परिवारलाई थप आत्मनिर्भर र व्यवसायी बनाउन आवश्यकतामा आधारित ऋण ब्याज अनुदानको प्याकेज ल्याइनेछ,’ उनले भने ‘साथै शिक्षा विशेष प्याकेजहरु समेत ल्याउने सरकारले तयारी गरिरहेको छ ।

उनले आइतबार सार्वजनिक गरेको कृषि, पशुपंछी, भूमि व्यवस्था र सहकारी क्षेत्र रुपान्तरणको मार्गचित्र प्रस्तुत गर्ने क्रममा सरकारले गरीब परिवार सम्बन्धि आगामी कार्यक्रमको प्रकाश पारेका हुन् ।

Share News