आइतबारको बजार निरन्तर ओरालो, फाइनान्स बाहेक सबै समूह राताम्मे

<p>काठमाडौं । आइतबारको सेयर बजार खुलेदेखि बन्द हुँदासम्म निरन्तर रूपमा ओरालो लागेको छ । बजार खुल्दा १३६६ अंकमा रहेको बजार १३५३ अंकमा झरेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक १२.५१ अंकले घटेर १३३५३.६४ अंकमा झरेको छ । त्यस्तै, बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिनको बजारमा कुल १६० कम्पनीको [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजार खुलेदेखि बन्द हुँदासम्म निरन्तर रूपमा ओरालो लागेको छ । बजार खुल्दा १३६६ अंकमा रहेको बजार १३५३ अंकमा झरेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक १२.५१ अंकले घटेर १३३५३.६४ अंकमा झरेको छ ।

त्यस्तै, बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिनको बजारमा कुल १६० कम्पनीको ३६ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा दिनभर ६ हजार ६८२ कित्ता सेयर किनबेच भएका छन् ।

बजारमा फाइनान्स बाहेक सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६८.३२ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, माइक्रोफाइनान्स र अन्य समूह सामान्य अंकले घटेको छ भने बाँकी दोहोरो अंकले घटेका छन् ।

दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले एकैदिन ६.२५ प्रतिशत गुमाएका छन् ।

सबैभन्दा बढी एभरेष्ट बैंकको कन्भर्टिभल प्रिफेरेन्स सेयरका लगानीकर्ताले ७.७६ प्रतिशत कमाएका छन् । बजारमा नेपाल बैंकको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

Share News