काठमाडौं ।सिण्डिकेटधारी नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अध्यक्ष कमचार्यलाई राजधानीको नयाँवानेश्वरबाट पक्राउ गरेको हो ।
उनका साथ महासंघका पदाधिकारीलाई पनि प्रहरीेले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्का र ३ नम्बर प्रदेशका संयोजनक धर्मराज रिमाल रहेका महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
पक्राउ परेका पाँचैजनालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । सिण्डिकेट खारेज भएपछि सोको विरुद्धमा यातायात बन्द गरेपछि गृहमन्त्री रामबहादुर थापाले शुक्रबार महासंघका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएपछि शुक्रबार महासंघका महासचिव सरोज सिटौलालगायत पदाधिकारीलाई पक्राउ गरेका थियो ।
हालसम्म ११९ सिण्डिकेटधारी यातायात व्यवसायीलाई नियन्त्रणमा लिएको छ । यी सबैलाई अत्यावश्यक सेवा बन्द गरेको आरोपमा मुद्धा चलाउने सरकारको तयारी छ । सिण्डिकेटधारी यातायात व्यवसायीलाई कार्वाही गर्न जनस्तरबाट दवाव बढेको छ ।