शनिबार ग्यारेजमा रहेका सवारी कब्जा गरी १२ हजार सरकारी ड्राइभरले सञ्चालनमा ल्याउने

<p>काठमाडौं । गृह मन्त्रालयले भोली पनि व्यवसायीको आन्दोलन जारी रहे सवारी साधनलाई कब्जा गरी सञ्चालनमा ल्याउने भएको छ । गृहले अत्यावश्यक ऐन २०१४ अनुसार नागरिकलाई सुविधा दिन लागेको हो । गृहमन्त्री राम बहादुर थापाका प्रेस सल्लाहाकार किरण भट्टराईका अनुसार गृहले शसस्त्र र नेपाल प्रहरी प्रयोग गरी सवारी सञ्चालनमा ल्याउन लागेको हो । &#8220;सरकारले करिब १२ [&hellip;]</p>

काठमाडौं । गृह मन्त्रालयले भोली पनि व्यवसायीको आन्दोलन जारी रहे सवारी साधनलाई कब्जा गरी सञ्चालनमा ल्याउने भएको छ । गृहले अत्यावश्यक ऐन २०१४ अनुसार नागरिकलाई सुविधा दिन लागेको हो ।

गृहमन्त्री राम बहादुर थापाका प्रेस सल्लाहाकार किरण भट्टराईका अनुसार गृहले शसस्त्र र नेपाल प्रहरी प्रयोग गरी सवारी सञ्चालनमा ल्याउन लागेको हो । “सरकारले करिब १२ हजार ड्राइभर तयार गरेको छ, सुरक्षा बलले ग्यारेजमा रहेका सवारीसाधन समेत कब्जा गरी सञ्चालनमा ल्याउन सक्छ,” गृहमन्त्रीलाई उदृत गर्दै भट्टराईले विकासन्युजसँग भने ।

सरकारले विद्यालय प्रहरी, शसस्त्र प्रहरी, अस्पताल लगायतका बस समेत सञ्चालनमा ल्याउन लागेको छ ।

सवारी सञ्चालनको लागि प्रहरीका ड्राइभर तयार भैसकेको काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले बताए । “सरकारको आदेश बमोजिम नेपाली जनतालाई सुरक्षा दिन नेपाल प्रहरी तयार छ, हामीले काठमाडौंबाट केहि व्यपारीलाई पक्राउ गरिसकेका छौं अझै केहि व्यक्ति पक्रन बाँकी छ” प्रमुख पोखरेलले भने ।

केहि दिन सवारी साधन सञ्चालन राम्ररी नहुदा जनतामा समस्या हुने तर यसले दिर्घकालिन रुपमा राम्रो गर्ने यातायात व्यवस्था विभागका सूचना अधिकृत तुलसीरा अर्यालले बताए ।

अब सरकार आवश्यक ऐन २०१४ अनुसार अघि बढ्नेछ ।

ऐन हेर्न तल क्लिक गर्नुहोस

यस्तो छ आवश्यक ऐन २०१४

Share News