‘वाईवाई ग्लोकल टिन हिरो’को चौथो संस्करणका लागि आवेदन खुला, २० वर्षमुनिकाले भर्न पाउने

<p>काठमाडौं । &#8216;वाईवाई ग्लोकल टिन हिरो&#8217;को चौथो संस्करणका लागि आवेदनको आह्वान गरिएकाे छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन यस कार्यक्रमकाे अायाेजना गरिएकाे हाे । यस मन्चमार्फत किशोर-किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर-किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ। समर्पित [&hellip;]</p>

काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो’को चौथो संस्करणका लागि आवेदनको आह्वान गरिएकाे छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन यस कार्यक्रमकाे अायाेजना गरिएकाे हाे ।

यस मन्चमार्फत किशोर-किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर-किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ। समर्पित र रचनात्मक किशोर-किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो चौथो वर्ष हो।

यस वर्ष देशको विभिन्न ठाउँबाट किशोर किशोरीहरुलाई यस कार्यक्रममा सहभागी गराउने उद्येश्यले काठमाडौं उपत्यका लगायत धनगडी, महेन्द्रनगर, नेपालगञ्ज, बाग्लुंग, बुटवल, भैरहवा, जनकपुर, झापा, बिराटनगर, लहान र पोखरा गरी विभिन्न २८ सहरहरुमा ग्लोकल समूह लगाएत गत वर्षका टिन हिरो २० अन्डर २० सदस्यहरु जाने भएको छ ।

‘हामी नेपालको ४०० वटा स्कूलहरुमा पुग्ने छौ र ८ देखि १२ कक्षाका ५०००० विद्यार्थीहरुसंग कार्यक्रमको छलफल गर्नेछौ साथ-साथै सुरुंगा, बिराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज, धनगडी र पोखरामा कार्यक्रमको बिस्तृत गतिबिधिहरुको छलफल गर्ने निर्णय गरेका छौ।’ ग्लोकल प्रा.ली.कीपि.आर.म्यानेजर र वाईवाई ग्लोकल टिन हिरोकी संयोजक काजोल झाले बताए ।

पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्क्षाको आधारमा ग्लोकल २०अन्डर २०को घोषणा गरिनेछ। त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०१८को बिजेता घोषणा गरिनेछ।

वाईवाई ग्लोकल टिन हिरोका सहभागीहरुको निर्णायको लागि ५ जुरी सदस्यको समूह हुनेछ जसमा, अम्बुजसिंह, कन्ट्री डिरेक्टर, कोकाकोला नेपाल, युएनडीपी निर्देशक रेनौ डमेएर, वैद्य उद्योग संगठनका अध्यक्ष्य सुरज वैद्य, सोल्टी क्रावने प्लाजाका महाप्रबन्धक, उपलमजुमदार, स्याकर ट्रडिंगकी मुख्य ब्राडिंग अधिकारी जनाज्योति र प्रिस्माका मुख्य कार्यकारी अधिकारी रंजित आचार्य रहनेछन्।

ग्लोकल टिन हिरोको बिगत तिन वर्षमा हामीले राम्रो सोच र क्षमता भएका सहभागीहरु पाएका थियौ । किशोर-किशोरीहरुसँग पनि विभिन्न क्षमता छ। उनीहरु समाज र राष्ट्रको विकासका लागि प्रभाव पार्ने विभिन्न कार्यक्रमहरु गर्दै आएका छन्, तर उनीहरुको क्षमता प्रदर्शन गर्न कुनै मन्चन भएको कारण उनीहरुलाई आफ्नो र देशको विकास गर्न एक मौका र मन्च प्रदान गर्ने उदेश्यले यस कार्यक्रम सन्चालन गर्दै आएको हो ।’ ग्लोकल प्रा.ली.का कार्यकारी निर्देशक आशिष ठाकुरले बताए ।

ग्लोकल टिन हिरो २०१८को पुरस्कार समारोह सेप्तेम्बेर१,२०१८मा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी नेपालका २५०ं प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको हो।
यस वर्ष ग्लोकल टिन हिरोको आवेदन ५मे,२०१८बाट खुल्ने छ र अनलाइन आवेदन www.nepal.glocalteenhero.com मार्फत निशुल्क भर्न सकिन्छ।

वाईवाईद्धारा प्रस्तुत ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन २०१८को दोश्रो संस्करण

त्यसैगरी, सेप्तेम्बेर१,२०१८मा वाईवाईद्वारा प्रस्तुत ग्लोकल अन्तराष्ट्रिय  टिन सम्मेलन२०१८को दोश्रो संस्करण सम्मेलन आयोजना गर्न लागेको हो।

यो सम्मेलन किशोरकिशोरीहरुको आफ्नो हितको प्रमाणित मुद्दा, राष्ट्रिय विकासका बाधा र जनेरेस्नल बाधाहरु बुझ्न अधिकारिक रुपमा छलफल गर्न अवसर हो। यस सम्मेलनले विभिन्न राष्ट्र जस्तै भारत, बंगलादेश, नेपाल, जमैका, मलावी, भिएतनाम, घानाआदिका किशोर किशोरीहरुको विचार, अनुभव, भोगाईहरुलाई प्यानल छलफलमार्फत प्रदर्शन गरिनेछ।

सम्मेलनमा मुख्य प्यानलको रुपमा उद्यमशीलता, शशक्तिकरण र सामाजिक परिप्रेक्ष्यमा आधार भई छलफल गरिनेछ जसमा किशोर किशोरीले आफ्नो प्रस्तुतीकरण गर्ने मौका पनि पाउनेछन्। यस सम्मेलनको मुख्य उदेश्य भन्नुपर्दा जस्तो पनि गाह्रो परिस्थिति भएका देशहरुमा काम गर्ने किशोरकिशोरीहरुको उदाहरण कायम गर्न र प्रयास गरे सबै सम्भव छ भन्ने सकारात्मक विचार फैलाउने रहेको छ।

विभिन्न देशका साथीहरुसंग सहभागी कर अन्तरक्रियात्मक कार्यक्रमद्वारा ज्ञान र अनुभव सिक्ने मंच प्रदान गर्नेछ जसबाट उनीहरुले नेतृत्व, शशक्तिकरण, सामाजिक परिप्रेक्ष्यको बारे ज्ञान लिन सक्नेछन्। यस सम्मेलन पश्चात वाईवाई ग्लोकल टिन हिरो २०१८ को बिजेता घोषणा गरिनेछ।

 

Share News